



बैतडि:माघ १६ गते
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा आज बैतडीमापनि शहीद दिवस मनाइएको छ । शहीद दशरथ चन्दको जन्मघरमै गएर तस्बिरमा माल्यापर्ण गरिनुका साथै सोकसलामी पनि अर्पण गरिएको जिल्ला प्रसासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । कोरोनाको जोखिमलाई मधयनजर गर्दै औपचारिक कार्यक्रम नगरिएको उनले बताए । जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि, दशरथचन्द नगरपालिकाका प्रमुख तथा प्रतिनिधि, दशरथचन्द स्मृती प्रतिस्ठानका प्रतिनिधि र भिबिन्न राजनितिक दलका प्रतिनिधिहरु सम्मेलित कार्यक्रममा सहिद दशरथ चन्दले प्रजातन्त्र स्थापनाको लागि ज्यानको आहुती दिनुभएको स्मरण गर्दै माल्यापर्ण गरिएको सुचना अधिकारी भारतीले बताए । सहिद चन्दको सपना साकार पार्नकोलागि सबै निकायले लाग्नुपर्नेमा सहिद दशरथचन्द स्मृती प्रतिष्ठानका अध्यक्ष बिनोद चन्दले बताए । सहिद दिवसको अवसरमा जिल्लाको दशरथचन्द नगरपालिकाले सार्बजनिक बिदा दिएको थियो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।




