Vutlaxapu
Laxmibhuwan sun chadi

सूचना टाँसेर साउन २२ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबार बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच कुरा नमिलेपछि संसद् सञ्चालनको प्रक्रिया प्रभावित भएको हो । सहज ढंगले बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँगको छलफलमा सहमति नजुटेपछि सत्ता पक्ष प्रमुख सचेतकको आग्रहमा प्रतिनिधि सभाको अर्को बैठक आगामी साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । विशेष कारण प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन गरिएको संघीय संसदमा महासचिव डा।भरतराज गौतमले जनाएका छन् ।

 

जय भगवति मेलौली सुनचाँदी

मंगलबार दिउँसो १ बजेका लागि तोकिएको बैठकपूर्व कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई आकस्मिक समयमा बोल्न दिने र छानबिन समिति गठनका लागि प्रस्ताव राख्न दिने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । तर बैठक सकिनेवित्तिकै सत्तापक्षीय प्रमुख सचेतकले सहमति नजुटी बैठक राख्न नहुने भन्दै सूचना टाँस गरेर स्थगित गर्न माग गरेपछि प्रमुख सचेतक र सभामुखबीच छलफल भएको थियो । सभामुखसँगको छलफलमा सहमति नभएपछि बैठक स्थगित गरिएको हो ।

 

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको क्वीन्टलबढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा उच्चस्तरीय छानबिन बनाउन एमालेले माग गर्दै आएको छ ।

 

सो प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै एमालेले गत साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको थियो भने साउन १५ गतेका लागि तय भएको बैठक पनि एमालेको अडानका कारण सूचना टाँस गरेर स्थगित भएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page