Vutlaxapu
Laxmibhuwan sun chadi

एमालेले खादा, माला र व्याजको झन्झट नगर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ । नेकपा एमालेले अबदेखि पार्टी कार्यक्रममा अतिथिहरुलाई खादा, माला र व्याज लगाउने झन्झट नगर्ने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्तिको सचिवालय बैठकबाट यसबारे निर्णय नै गरेको जानकारी दिएका छन् ।

 

जय भगवति मेलौली सुनचाँदी

अध्यक्ष ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘फेसबुक ट्वीटरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसन ग्रहण गराएर समय बरबाद गर्नु भएन भन्ने सुझाव दिने गर्नु भएको थियो । हो पनि । तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ ।’

 

साथै उनले अनुहारै छोपिने गरी खादा–माला र कोट भन्दा ठूला व्याज लगाउने प्रचलन पनि बन्द गर्नु पर्ने बताएका छन् ।

 

‘कार्यक्रमहरुमा औपचारिकताका लागि धेरैलाई आसन ग्रहण गराउने र खादा–मालाले पुर्ने भद्दा चलनहरु हटाएर समयलाई काममा लगाउने विषयमा तपाईंहरुका अरु के सुझावहरु छन् ?’, उनले सुझाव समेत मागेका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page