



दार्चुला -महाँकालि नगरपालिका नगर युवा तथा खेलकूद दार्चुलाको आयोजना तथा फुड केयर एण्ड सप्लायर्सको सहकार्यमा सम्बिधान दिवशको अबसरमा आयोजित खुला पुरुष ब्याडमिन्टन प्रतियोगितामा शैल्यशिखर नगर खेलकुद बिकाश समिति प्रथम भएको छ ।दार्चुला को गल्फैमा आयोजना गरिएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार २२ हजार २ सय २२ सहित सिल्ड र प्रमाणपत्र हात पारेको छ।
यस्तै दार्चुलामा रहेको सुर्य प्रकाश होटेलको टिमले दोस्रो स्थान हाँसिल गरि नगद सहित सिल्ड र प्रमाणपत्र हाँसिल गरेको शैल्यशिखर नगर खेलकुद विकास समिती अध्यक्ष महेश भण्डारीले बताए।




