Vutlaxapu
Laxmibhuwan sun chadi

कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔं, समाजवादी मोर्चालाई सरकार चलाउन दिऔं: गगन थापा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा मन्त्री भएकाहरूलाई फिर्ता बोलाएर फ्लोरबाटै अहिलेको सरकारलाई समर्थन गरेर बस्नुपर्ने प्रस्ताव गरेका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसका नौ जना मन्त्री छन्।

कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा बोल्दै थापाले अबको केही समय समाजवादी मोर्चालाई मात्रै चलाउन दिनेबारे बहसको प्रस्ताव गरेका हुन्।

जय भगवति मेलौली सुनचाँदी

‘नेकपा माओवादी, जसपा, एकीकृत समाजवादीलगायत मिलेर समाजवादी मोर्चा बनाउनु भएको छ। यो दुई, अढाइ वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ,’ उनले भने, ‘पहिले प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ। उहाँहरूको एकै मोर्चा समाजवादी र पार्टी एकै बनाउने भन्नुभएको छ। मलाई लाग्छ कि कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं, अढाइ वर्ष उहाँहरूलाई चलाउन दिऔं। हामी फ्लोरबाट समर्थन गरौं।’

 

त्यसपछि कांग्रेसले सरकार चलाउन पाउनुपर्ने उनले बताए। ‘कांग्रेसले एक्लै सरकार चलाउँछ, जस भए पनि अपसज भए पनि कांग्रेसले लिन्छ,’ उनले भने, ‘होइन भने त काम नै नहुने भयो।’

 

अहिलेको सरकार कसको हो भन्ने प्रश्न उठेको उनले बताए। ‘यसो हेर्दा को सरकारमा छ, सबै छ तर जवाफ दिने बेला कसैले पनि दिँदैन,’ उनले भने।

कोशीमा पनि माओवादीलाई सरकार चलाउन दिए हुने उनको भनाइ छ। उनले सरकार जवाफदेही हुनुपर्ने पनि बताए।

 

उनले ०८४ मा कांग्रेसले गठबन्धन नगर्ने पनि बताए। ‘०८४ को चुनावमा कांग्रेसले गठबन्धन गर्दैन, गठबन्धनको बहस पनि हुँदैन,’ उनले भने, ‘माओवादीका नेताले पनि एक्लै लड्ने भन्नुभएको सुनेँ, ठिक छ।’

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page