गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

दोगडाकेदारको वडा नम्बर ३र ७मा एमालेको बैठक, विभिन्न दलबाट दर्जनौं कार्यकर्ता एमाले प्रवेस

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

फागुन ९ नेकपा एमाले दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ र ७ को तेस्रो विस्तारित बैठक बिभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । नेकपा एमाले दोगडाकेदार गाउँपालिका अन्तर्गत वडा नम्बर ३ र ७ का प्रतेक टोलहरुमा स्थानीय सरकारले गरेका बिकाश निर्माणका कामहरुको अनुगमन, टोल कमिटी हरुलाइ निर्बाचन केन्द्रित गराइ ससक्त बनाउने टोलहरुमा बाकि रहेका कामहरुलाई छनोट गर्ने लगायतका निर्णयहरु गर्दै सम्पन्न भएको छ।एमाले वडानं ३कमिटी अध्यक्ष करन भुल को अध्यक्षतामा बसेको बैठकमा जिल्लाकमिटी सचिवालय सदस्य एबम एमाले दोगडाकेदार इन्चार्ज जनक चन्द प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै चन्दले सम्पुर्ण युवाहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । वडानं ३ मा स्थानीय तहको चुनावमा जित हासिल गर्न कुनै मेहनत गर्नुपर्ने अवस्था नरहेको र सजिलैसँग जित्न सकिने बताउनुभयो।यस्तै दोगडाकेदार ७ मा पनि एमालेको तेस्रो विस्तारित बैठक सम्पन्न भएको छ।नेकपा एमाले वडानं ७ कमिटी अध्यक्ष महादेव भट्ट को अध्यक्षतामा बसेको बैठकमा एमाले जिल्लाकमिटी सचिव एबम दोगडाकेदार गांउ पालिका अध्यक्ष चक्र कार्की प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमा बोल्दै प्रमुख अतिथि कार्कीले आगामि चुनावमा दोगडाकेदार गाँउपालिकामा एमालेले एक्लै बहुमत ल्याउने बताउनुभएको छ। स्थानीय तहको निर्वाचनमा दोगडाकेदारमा एमालेले एक्लै बहुमत ल्याएर स्थानिय सरकारको नेतृत्व गर्नेमा कुनै संका नरहेको स्पष्ट पारेका हुन।गाँउपालिकामा स्थानिय सरकारकोनेतृत्व समेत गरेकाउनले दोगडाकेदारगाउँपालिकामा स्थानिय सरकारले जनमुखी काम गरेर जनताहरुको मन जित्न सफल भएकोप्रति आफु बिस्वस्त रहेको बताउँदै एमाले निकट जनवर्गीय सँगठनहरुलाइ आ आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो। कार्यक्रममा बिभिन्न राजनीतिक दलहरुबाट दर्जनौ कार्यकर्ताहरुले पार्टी प्रबेश गरेकाे राष्ट्रिय युवा संघ नेपाल दोगडाकेदार इन्चार्ज डम्बर कुँवर ले जानकारी दिएका छन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page