Vutlaxapu
Laxmibhuwan sun chadi

कोशी प्रदेश : आङ्बो पक्ष सनाखतमा नजाने, कार्की पक्षको भने सनाखत सुरु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

विराटनगर । कोशीको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी प्रस्तुत गरेका नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पक्ष तत्काल सनाखतमा नजाने बताएका छन् ।कांग्रेसको कोइराला पक्षका केदार कार्कीले ४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेका थिए । उक्त दाबी अनुसार कार्की पक्षका सांसद प्रदेश प्रमुखको कार्यालयमा बिहानै सनाखतका लागि पुगेका छन् । अहिले उनीहरुको सनाखत कार्य भइरहेको छ । आङ्बोले भने आफ्नो दाबी नपुग्ने र शीर्ष नेताबिच सहमतिको प्रयास भइरहेको कारण तत्काल सनाखतमा नजाने बताए । ‘काँग्रेसका ८ जना माननीयहरू सशरीर उपस्थिति भइसकेपछि हाम्रो दाबी पुग्दैन, अर्को कुरा शीर्ष नेताहरू छलफलमै हुनुहुन्छ । त्यसकारण हामी अहिले सनाखतमा जान्दैनौँ,’ उनले भने ।

जय भगवति मेलौली सुनचाँदी

प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताको सनाखत गर्दै छन् । समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ आउन उनले भनेका छन् ।

कोशीको मुख्यमन्त्री पदमा नियुक्तिका लागि नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसको कोइराला पक्षका केदार कार्कीले ४७र४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page