Vutlaxapu
Laxmibhuwan sun chadi

सित्तड स्वास्थ्यचौकीमा आकस्मिक सेवा प्रभावकारी बन्दै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट, बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा रहेको सित्तड स्वास्थ्यचौकीमा चौबिसै घण्टा आकस्मिक सेवा सेवा प्रभावकारी बन्दै गएको छ। गत असोजको दोस्रो हप्ताबाट शुरु भएको यो सेवा प्रभावकारी बन्दै गएको हो।गत असोजको दोस्रो हप्तादेखि अहिलेसम्म राति मात्रै ४२ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

जय भगवति मेलौली सुनचाँदी

आकस्मिक सेवाले बिरामीलाई सहज भएको स्वास्थ्यचौकी इन्चार्ज नैनसिँह गोएलाले बताउनुभयो।

स्वास्थ्यमा आकस्मिक समस्या भएका बिरामीलाई यो सेवाले समेट्दै गएको र आगामी दिनमा सित्तड स्वास्थ्यचौकीलाइ थप प्रभावकारी बनाइने स्वास्थ्यचौकी इन्चार्ज गोएलाले बताउनुभयो ।

यो सेवाले राति उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुँदै गएकोले स्वास्थ्यकर्मीसँग यसरी प्रत्यक्ष सम्पर्क गरेर चौबिसै घण्टा आफ्नो समस्या राख्न पाउँदा बिरामी निकै हर्षित भएको उहाँले बताउनुभयो। दोगडाकेदार गाउँपालिकाभित्र रहेका ६ वटा स्वास्थ्य संस्थाहरुमा चौबिसै घण्टा आकस्मिक सेवा सन्चालनमा रहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page