Vutla
Laxmibhuwan sun chadi

MCC विरुद्ध शाहिलेक बजारमा बिरोध प्रदर्शन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि:फागुन १३ बिप्लब निकट नेपाल कम्युनिस्ट कम्युनिस्ट पार्टी,बैध्य निकट नेकपा क्रान्तिकारी(माओवादी) र राष्ट्रिय जनमोर्चाका को आयोजना मा MCC सम्झौता विरुद्ध बैतडी जिल्लाको शाहिलेक बजारमा बिरोध कोण सभा सम्पन्न भएको  बिप्लब निकट अखिल क्रान्तिकारी का बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र धामीले जानकारी दिनु भयो। बिरोध कोणसभा मा बोल्दै सुरेन्द्र धानुक ले अखिल(क्रान्तिकारी) ले केवल शैक्षिक मुद्दामा मात्रै संघर्ष नभएर राष्ट्रियता को सवाल मा पनि निरन्तर संघर्ष गर्दै हरेक राष्ट्रिय मुक्तिगामी आन्दोलन,महान जनयुद्ध र एकीकृत जनक्रान्ती सम्म जेल नेल र बलिदान को गौरबपूर्ण इतिहास रच्दै आएको कुरा बताउनु भयो! साथै MCC सम्झौता राष्ट्र र जनताको हितमा छैन,त्यसैले यसलाई जुनसुकै हालतमा पास गर्न दिनु हुन्न। यसको पुर्णरुपमा बहिष्कार गर्दै सम्पुर्ण विद्यार्थीहरु लाई सडक संघर्षको मोर्चा मा सहभागी हुन आव्हान गर्नु भयो। राष्ट्रघाती MCC सम्झौता विरुद्धमा आन्दोलन संघर्ष गर्दै गर्दा अखिल क्रान्तिकारी लाइ राज्यले दमन गर्न खोजे विद्यार्थीहरुको कलम नै हतियार बन्ने चेतावनी समेत दिनु भयो।त्यसै गरि क्रान्तिकारी माओवादीका नेता दिनेश ले MCC परियोजना पास गर्न चाहनेहरु साम्राज्यवादी राष्ट्रका दलाल एजेन्ट हुन् भन्नू भयो। राष्ट्रिय जनमोर्चाका नेता बिरेन्द्र भण्डारी ले MCC सम्झौता देश र जनताको हितमा मा छैन त्यसैले केही दलालहरुको लागि कमाइ खान आफू अनुकूल भएकोले संसद बाट जबर्जस्ती पास गर्न खोज्दैछन्! नेपाल कम्युनिस्ट पार्टी का जिल्ला सचीव राम सिंह कुँवरले गत बिगत मा भएका राष्ट्रघाती सम्झौता भन्दा पनि भयानक राष्ट्रघाती र जनघाती सम्झौता भएकोले यो MCC सम्झौता विरुद्धमा समग्र बैतडीबासी जनसमुदाय,बुद्धिजीवी,समाजसेवी,देशभक्त,युवा,विद्यार्थी,महिला,पीडित,उत्पीडित बर्ग ले संघर्षको आन्दोलन मा सहभागी हुन अपिल गरेका छन्

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page