


बैतडि: फागुन २४ नेपाल कम्युनिष्ट पार्टी एमाले दोगडाकेदारको स्थानीयतह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। एमाले दोगडाकेदार गांउकमिटी अध्यक्ष कांशिसिंह बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ने.क.पा एमाले केन्द्रीय सदस्य तथा बैतडी जिल्ला सहइन्चार्ज एवं प्रदेशसभा सदस्य लिलाधर भट्ट प्रमुख अतिथि रहनुभएको थियो।

यस्तै विशिष्ट अतिथीमा पुर्व अर्थराज्यमन्त्री, एमाले प्रदेश कमिटी अध्यक्ष एवं संघिय सांसद दामोदर भन्डारी रहेका थिए। यस्तै विशिष्ट अतिथिमा एमाले जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पाल, जिल्ला कमिटी उपाध्यक्ष रमिल बम नेकपा एमाले जिल्ला कमिटी सचिव एवं दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले बर्तमान ५ दलिय गठबन्धन बिस्तारबादी ठगबन्दन भएको आरोप लगाएका छन्। एमाले नेतृत्वको सरकारले नेपालको स्वाभिमानलाइ उच्च राख्दै कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालको नक्सा सार्वजनिक गर्नु साथै भारतले लगाएको नाकाबन्दीको डटेर सामना गर्नु,सुखि नेपालि समृद्ध नेपाल को अभिभारा बोकि देश बिकाश को गतिमा अगाडि बढिरहेका बेला भारतले चलखेल गरेर माधब नेपाल र प्रचण्ड लाइ एजेन्ट बनाएर सरकार ढालेको उनको भनाइ थियो।
यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पुर्ब अर्थराज्यमन्त्री,एमाले प्रदेश कमिटी अध्यक्ष एवं संघिय सांसद दामोदर भन्डारीले प्रचन्ड र माधब नेपाल अवसरवादी भएको आरोप लगाएका छन। अमेरिकी परियोजना MCC पास गराउन भित्र भित्रै गोप्य सम्झौता,गरि वाहिर नौटंकी गरेर कार्यकर्ताहरुको टाउको फुटाएको उनको भनाइ थियो।माधब नेपाल र प्रचण्ड लाइ छेपारोको संज्ञा दिदै छेपारोको ब्यवहार भन्दा घातक भएको टिप्पणी गरेका थिए। साथै उनले माधब नेपाल र प्रचण्ड अघोसित रुपमा कांग्रेस बनिसकेको र शेरबहादुर देउवा को पछि जुका जस्तै टासिएर बसेको आरोप लगाएका छन्। यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं एमाले। जिल्ला कमिटीअध्यक्ष सुरेन्द्र पालले बैतडिमा एमाले मजबुत रहेकोले बिभिन्न पार्टी परित्याग गरी पार्टीमा आउनेहरुलाइ उचित जिम्मेवारी दिइने बताएका थिए।उनले कार्यकर्ताहरुलाई एकजुट भएर जनताको सेवामा लाग्न आग्रह समेत गरेका छन्। कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं एमाले जिल्ला उपाध्यक्ष रमिल बमले पार्टी एकढिक्का भएको र सबै कार्यकर्ताहरुलाइ एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि,एमाले जिल्ला कमिटी सचिव एवं दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की ले दोगडाकेदार गांउ पालिकामा आफु नेतृत्वको स्थानीय सरकारले हरेक विकाशका कामहरुलाई जोड दिइ काम गरिरहेकोले दोगडाकेदार गांउ पालिकामा एमाले नेतृत्वको सरकार बन्नेमा बिस्वस्त रहन भनेका थिए। यस्तै उनले बाटो बिराएकाहरुले समयमै सोच्नुपर्ने बेला आएको र पतनको दिशामा नगइ छिट्टै एमालेमा फर्कन निर्देशन दिनुभयो। कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको




