Vutlaxapu
Laxmibhuwan sun chadi

कृष्ण कँडेल र कलाकारबिचको विवाद अदालत पुग्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ । कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठसहितको विवाद अदालत पुगेको छ । गएको केही महिनायतादेखि सुरु भएको विवाद शुक्रबार अदालत पुगेको हो ।  कँडेलले शर्मिला श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् ।

जय भगवति मेलौली सुनचाँदी

विभिन्न सामाजिक सञ्जालमा लाइभ तथा पत्रकार सम्मेलन गरी आफ्नो र आफूले सञ्चालन गर्दै आएको इन्द्रेणी सांस्कृतिक समाज केन्द्र तथा संस्थामा आबद्ध कर्मचारी र कलाकारहरूका विरुद्धमा आरोप लागेको भन्दै कँडेलले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गराएका हुन् ।कँडेलले दर्ता गराएको मुद्दामा शर्मिला श्रेष्ठ, जीवन टण्डन, कविता लामा, पूर्ण प्रसाद कँडेल, खगेन्द्र वि।क। लक्ष्मी प्रसाद घिमिरेलाई विपक्षी बनाइएको छ ।

दर्ता भएको मुद्दामा लेखिएको छ,‘विपक्षीहरूले मेरो मान प्रतिष्ठा, इज्जत तथा संस्थाको गरिमामाथि धक्का पुग्ने किसिमले मेरो, इन्द्रेणी तथा सो संस्थामा आबद्ध अन्य महिला कलाकार तथा कर्मचारीहरूको बेइज्जती गरेको हुँदा मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०७ (२) अनुसार विपक्षीहरूले गरेको बेइज्यतिको गम्भीरता, मेरो प्रतिष्ठामा पर्न गएको असर र मलाई मेरो बेइज्जती गर्ने दूषित उद्देश्यका साथ गैर कानुनी तवरबाट विभिन्न सामाजिक सञ्जालमा लाइभ बस्ने, कथित रूपमा पत्रकार सम्मेलन गर्ने तथा विभिन्न अनलाइन सञ्चार माध्यममा समेत सार्वजनिक गरेको हुँदा विपक्षीहरुबाट उचित क्षतिपूर्ति दिलाई उक्त क्षतिपूर्ति रकम असहाय तथा दुःखी पीडितले प्राप्त गर्ने गरी नेपाल सरकारअन्तर्गत रहेको पीडित राहत कोषमा पठाई पाउँ ।’

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page