Vutlaxapu
Laxmibhuwan sun chadi

विद्यार्थीलाई छात्रवृत्तिमा दिइयो बाख्राको पाठी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

फागुन ६-आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिका रूपमा बाख्राको पाठी दिइएको छ।

छात्रवृत्तिका रूपमा नगद वा शैक्षिक सामग्री दिने चलन परिवर्तन गर्दै विद्यालयले तनहुँ जिल्लामै पहिलो पटक बाख्राको पाठी प्रदान गरेको हो।

विद्यालयले तीन जना विद्यार्थीलाई छात्रवृत्तिका रूपमा पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिए।

नगद वितरण गर्दा छिटो खर्च हुने र पुनः उही समस्या दोहोरिने भएकाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरण अभियान सुरू गरिएको उनले बताए।

जय भगवति मेलौली सुनचाँदी

‘विद्यार्थीलाई आयआर्जनसँग जोड्न पहिलो पटक पाठी वितरण अभियान सुरू गरिएको हो। पैसा दिँदा खर्च हुने र अर्को वर्ष पनि उही विद्यार्थीलाई दिनपर्ने अवस्था आउँछ। पाठी दिएपछि विद्यार्थीको परिवारलाई समेत आयआर्जनमा जोड्न सकिने विश्वास लिएका छौं,’ उनले भने।

प्रधानाध्यापक बोगटीका अनुसार कक्षा ८, ७ र ६ मा अध्ययनरत तीन छात्रालाई छात्रवृत्तिका रूपमा एक/एक वटा पाठी वितरण गरिएको छ।विद्यालयमा स्थापना गरिएको दुइटा छात्रवृत्ति कोषबाट प्राप्त २१ हजार रूपैयाँमा तीनवटा उन्नत बाख्राको पाठी किनिएको उनले बताए।

 

‘बोर र जमुनापारी जातका बाख्राको पाठी उपलब्ध गराएका हौं। विद्यार्थी र अभिभावक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास छ,’ उनले भने।

उक्त छात्रवृत्ति काराखेती अस्मी स्मृति र गाउँवेशी कृषि अनुसन्धान केन्द्रबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उपलब्ध भएको हो।

 

छात्रवृत्ति वितरण प्रभावकारी र दिगो बनाउन, दीर्घकालीन रूपमा आयआर्जनसँग जोड्न सुरू गरिएको अभियान प्रभावकारी हुने विश्वास लिइएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।यसले विद्यार्थीलाई आयआर्जन जोड्न सहयोग पुग्छ,’ उनले भने।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page