Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा कक्षा ८को परिक्षाका लागि केन्द्र तोकिए

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकाले कक्षा ८को पालिका स्तरीय परिक्षाको लागि केन्द्र निर्धारण गरेको छ । मंगलबार एक सुचना जारी गर्दै गाउँपालिकाले केन्द्रहरु निर्धारण गरेको जानकारी गराएको हो ।

जस अनुसार पञ्चदेव महानन्द मावि रिम र वेताल मावि गोरङको केन्द्र पञ्चदेव माविमा राखिएको छ । रौलेश्वर मावि मल्लाढिक र चनैराज आवि धमालीको चनैराज माविमा राखिएको छ । रोलेश्वर मावि कफलकोटको भने सोहि विद्यालयमा राखिएको छ । सनातन धर्म मावि श्रीकोट, चनैराज आवि, बलैराज आवि र खोचलेक आविको सनातन धर्म माविमा केन्द्र तोकिएको छ ।

जय भगवति मेलौली सुनचाँदी

यसैगरी केदार आवि पिपलकोट र चौगाउँको परिक्षा पिपलकोटको राखिएको छ । न्वालि आवि दोलीको सोहि विद्यालयमा केन्द तोकिदाँ लटिनाथ आवि धौल ढुंगा र नेपाल राष्ट्रिय आवि ढिकनयाँको ढिकनयाँमा केन्द्र राखिएको छ । भगवती मावि सित्तड र पञ्चदेव आवि ढिक सलेनाको केन्द्र भगवती मावि सित्तडमा तोकिएको छ । भुमिराज मावि चडेपानी र भुमेश्वर आवि रिखालीको रिखालीमा केन्द्र तोकिएको छ ।

यसैगरी रौलेश्वर मावि कालागाउँको सोहि विद्यालयमा केन्द्र निधारण गरिएको गाउँपालिकाले जनाएको छ ।

शिक्षाको गुणस्तरमा सुधार ल्याउने उदेश्यले परिक्षा केन्द्रहरु तोकिएको शिक्षा साखा प्रमुख चक्रदेव जोशीले बताए

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page