Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा दादुरा-रुबेला विरुद्धको खोप अभियान संचालन हुदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -दादुरा-रुबेला विरुद्धको खोप अभियान बैतडीमा यहि फागुन १६ गतेदेखि संचालन हुने भएको छ। जिल्लाको पुर्चौडी तथा पाटन नगरपालिका, सिगास, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा फागुन १६ गतेदेखि२१ गतेसम्म खोप अभियान संचालन हुने भएको छ । यसैगरी जिल्लाको दशरथचन्द तथा मेलौली नगरपालिका, शिवनाथ, पन्चेश्वर र सुर्नया गाउँपालिकामा यही फागुन १७ गतेदेखि २२ गतेसम्म खोप अभियान संचालन गरिने भएको छ ।

जय भगवति मेलौली सुनचाँदी

दादुरा र रुबेला विरुद्धको खोप अभियान संचालनको लागि आवश्यक आन्तरिक तयारी तीब्र पारिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा ९ महिनादेखी ५ वर्षउमेर समुहका २१,३२४ जना लक्षित बालबालिकालाई खोप लगाइने छ । ३६२ वटा खोपकेन्द्रमा लगाइने खोप कार्यक्रममा सोही संख्यामा स्वास्थ्यकर्मी परिचालन हुने छन भने ७२४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए ।

देशभरी यो खोप अभियान फागुन १३ गतेबाट संचालन भइरहेको छ । बैतडीमा भने नियमित खोप तालिका अनुसार मेल खाएको हुनाले मिति सारिएको स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ । बैतडीमा नियमित खोप तालिका प्रत्येक महिनाको ९ गतेदेखी १५ गतेसम्म संचालन हुँदै आएको छ, त्यसैले १६ र १७ गतेदेखि यो खोप अभियान संचालन हुन गइरहेको हो ।

 

दादुरा-रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण गर्न सक्दछ । दादुरा-रुबेला खोपको पूर्ण मात्रा लगाएर सुरक्षित हुन आग्रह गरेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page