Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा पाँच लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ। दादुरा–रुबेला खोप अभियान २०८०÷८१ अन्तर्गत प्रदेशका नौ जिल्लामा खोप लगाउन लागिएको हो।

 

जय भगवति मेलौली सुनचाँदी

यही फागुन १३ गतेदेखि प्रदेशभरि एकसाथ सुरु हुने खोप अभियानमा नौ महिनादेखि ५ वर्षमुनिका दुई लाख नौ हजार सात सय ५५ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका तीन लाख १४ हजार ८४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य निर्देशनालय डोटीका खोप कार्यक्रम स्रोत व्यक्ति मीनराज जोशीले बताए।

कैलाली र कञ्चनपुरमा नौ महिनादेखि १५ वर्षमुनिका र अन्य सात जिल्लामा नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने योजना रहेको उनले बताए। जोशीका अनुसार कैलालीमा दुई लाख ४० हजार सात सय ५८, कञ्चनपुरमा एक लाख ६५ हजार पाँच सय ३२, डडेल्धुरामा ११ हजार सय सय २३, डोटीमा १८ हजार दुई सय ९५ र बैतडीमा २१ हजार तीन सय २४ जना बालबालिकालाई खोप लगाइने छ।

दार्चुलामा १० हजार चार सय १०, बझाङमा १८ हजार तीन सय ७६, बाजुरामा १३ हजार नौ सय ४२ र अछाममा २३ हजार तीन सय ७९ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने लक्ष्य रहेको उनले बताए। खोप अभियानको तयारी पूरा भएको र औषधिलगायतका सामग्री सम्बन्धित खोप केन्द्रमा पु¥याइ सकिएको जनाइएको छ।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page