Vutlaxapu
Laxmibhuwan sun chadi

गांजरी सडक बन्दको१० दिन पुरा:आन्दोलनकर्ताहरुले एकलौटी ढिपि गरे गाउँपालिका अध्यक्ष

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी बैतडीको सिगास गाउँपालिका वडा नं १ र २ लाई गाउँपालिकाको केन्द्र गर्जेसम्म सडक विस्तारको माग गर्दै आन्दोलन सुरु भएको १० दिन भइसकेको छ । दुदीलाखान–गाँजरी सडक अबरुद्ध पारिएको छ भने वडा नं १ को कार्यालयमा तालाबन्दी गरिएको छ ।

दुदीलाखान–कुर्चेनेटा– गर्जे सडक संघर्ष समितिले फागुन ८ गते दुदीलाखान देखि गाजरी जोड्ने सडक अबरुद्ध पारेका थिए । अझै पनि सडक अबरुद्ध जारी छ भने वडा नं १ को कार्यालयमा तालाबन्दी गरिएको छ ।

जिल्लास्तरीय अनुगमन समितिले वडा नं १ र २ लाई गाउँपालिकाको केन्द्र गर्जेसम्म जोड्नको लागि उपयुक्त सडकको विषयमा अनुगमन गर्ने र पतिवेदन बुझाउने सहमती बमोजिम जिल्लास्तरीय अनुगमन समितिले प्रतिवेदन ल्याउन ढिलाई गरिएको भन्दै फागुन ८ गतेदेखि सडक अबरुद्ध पारिएको हो ।

पहिलो पटक पुस १६ गते सडक अबरुद्ध पारेका थिए । त्यसपछि पुस २० गते पाटनमा छलफल भई लगत्तै जिल्ला समन्वय समिति र प्रशासनको नेतृत्वमा अनुगमन गर्ने र १५ दिनभित्रै जिल्लास्तरीय अनुगमन समितिले प्रतिवेदन पेस गर्ने निर्णय गरिएको थियो ।

त्यसपछि जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामी र प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको नेतृत्वमा वडा नं १ र २ बाट गाउँपालिकाको केन्द्र जोड्ने सडकको विषयमा अनुगमन गरिएको थियो । त्यसैगरी उक्त समितिले प्रविधिक टोलीलाई अनुगमन गराउने र उपयुक्त सडक तथा क्षतिको विवरण सहितको प्रतिवेदन तयार पार्ने योजना अघि सारेको थियो । तर अनुगमनमा जिल्लस्तरको प्राविधिक टोलीले ढिलाई गरेको थियो ।

जिल्लास्तरीय अनुगमन समितिले एक महिनासम्म पनि प्रतिवेदन नल्याएको भन्दै संघर्ष समितिले फागुन ४ गते पुनः दुदीलाखान देखि गाजरी जोड्ने सडक फागुन ८ गतेदेखि अबरुद्ध पार्ने चेतावनी सहितको विज्ञप्ती जारी गरेको थियो ।

जय भगवति मेलौली सुनचाँदी

घोषणा अनुरुप फागुन ८ गते सडक अबरुद्ध पारेको भोलीपल्ट(फागुन ९ गते) भौतिक पुर्वाधार कार्यालयका इन्जिनियर नरेश भुलको नेतृत्वमा डिभिजन वन कार्यालयका प्रतनिधि लगायतको टोली आएको थियो । तर उक्त प्राविधिक टोलीले दुदीलाखान देखि गाजरी जोड्ने सडक अबरुद्ध पारेको र आफुहरुलाई जान नदिएको भन्दै फर्किएको थियो । यस विषयमा संघर्ष समितिले ४ गते नै बन्दको घोषणा गरेको भएपनि ८ गतेअघि नै आउनुपर्ने तर बन्द भइसकपछि आएको र यो हामिहरुलाई जिल्लाको टोलीले जुधाउन खोजेको धारणा राखेका छन् ।

सडक निर्माणको काम सुरु नहुन्जेलसम्म बन्द नखोल्ने संघर्ष समितिको अडान छ । यतिमात्रै होइन संघर्ष समितिले सडक निर्माण प्रक्रिया अघि नबढे वडा नं १ लाई सुर्नया वा पाटनमा गाभ्न माग गरेका छन् ।

बिहिबार बिन्द्राबनमा भएको छलफलमा समेत संघर्ष समितिका संयोजक पवन चन्दले सडक निर्माणको काम सुरु नहभएसम्म सडक खोल्न नसकिने समेत बताए । वडा कार्यालयमा रहेको ताला खाल्ने विषयमा पनि आफुहरुको आन्दोलन कमजोर हुने भन्दै ताला खोल्न पनि नसकिने उनको अडान थियो ।

फागुन ८ गतेदेखि लगातार सडक बन्द भएपछि गाजरी बजार सुनसान बनेको छ । वडा नं १, २ र ३ का स्थानीयहरुको पहुँचमा रहेको यो बजारमा आहिले दैनिक उपभोज्ञ खाद्यान्नका सरसामानको अभाव हुने स्थिति आएको व्यापारीहरुको भनाइ छ ।

गाउँपालिका अध्यक्ष हरि सिंह धामीले आन्दोलनकर्ताहरुले एकलौटी ढिपि गरेको बताएका छन् । जिल्लाको टोलीलाई काम गर्न नदिएर के गर्न खोजेका हुन? अध्यक्ष धामीले प्रश्न गरे, ‘तीनीहरुले सडक चाहेका हुन की के चाहेका हुन्?,’ गाउँपालिका अध्यक्ष धामीले आन्दोलनरत पक्षले भन्ने बितिक्कै केही नहुने समेत बताए । ‘सबै कुराको प्रक्रिया हुन्छ, आन्दोलनरत पक्षले जिल्लाको प्राबिधिक टोलीलाई अनुगमन गर्न दिएन, तिनीहरुले भन्ने वितिक्कै कसरी हुन्छ?’

‘जिल्लामा प्राविधिक टोली गठन गरिएको छ, लागत कति लाग्ने, हानि नोक्सानीको विषयमा के हुने? लगायतका विषयमा मुल्याङ्कन गर्ने सहमती बनेको छ’ अध्यक्ष धामीले भने । ‘उक्त समितिलाई काम गर्न नदिने कस्तो खालको आन्दोलन हो,’ अध्यक्ष धामीको भनाइ छ ।

जिल्लामा पनि एक सहमती भएको गाउँपालिका अध्यक्ष धामीले बताए । तल्लो सडक प्रदेशले बनाउने मल्लो सडक पालिकाले बनाउने जिल्लमै सहमती भएको अध्यक्ष धामीको भनाइ छ ।

प्रक्रियागत काम गर्नको लागि समय लाग्ने भएकाले यस विषयमा आन्दोलनकारीहरुले सहयोग गर्नुपर्नेमा उनको जोड छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page