


बैतडी -बैतडीको सिगास गाउँपालिका वडा नं १ मा लागेको ताला खुलेको छ । शुक्रबार संघर्ष समिति र वडा अध्यक्षबीच भएको छलफलबाट वडा कार्यालयमा लगाइएको ताला खोल्ने सहमती जुटेको हो । गत फागुन १३ गते वडा कार्यालयमा संघर्ष समितिले ताला लगाएको थियो । त्यसको ३ दिनपछि प्रशासनले ताला तोडेपछि फेरी तला लगाइएको थियो । आज भने वडा कार्यालय र संघर्ष समितिबीच सहमती जुटेपछि ताला खोलिएको हो ।

कुर्चेनेटादेखि गर्जे जोड्ने सडकका विषयमा वडा अध्यक्ष लगायत वडा कार्यालयबाट आवश्यक सहयोग तथा समन्वयको भूमिका निर्वाह गर्ने विषयमा सहमती जुटेको संघर्ष समितिका संयोजक पवन चन्दले जानकारी दिए ।
यसैगरी संघर्ष समितिले सडक निर्माणको प्रक्रिया अघि नबढेको अवस्थामा संरचनाबाट अलग हुने विषयमा प्रक्रिया अघि बढाउने समेत जनाएको छ । कुर्चेनेटादेखि गर्जे जोड्ने सडक अघि नबढेमा संरचनादेखि अलग हुनको लागि हस्ताक्षर संकलनको काम अघि बढाइने समेत बताइएको छ ।
दुदीलाखान देखि गाजरी जोड्ने सडक भने बन्द नै रहने बताइएको छ ।




