Vutlaxapu
Laxmibhuwan sun chadi

प्रदेश मुख्यमन्त्रीहरू पनि नयाँ गठबन्धनबाट आलोपालोका आधारमा बनाइने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -नयाँ गठबन्धनबाट संघीय सरकार गठन गर्ने समझदारी बनेसँगै प्रदेशहरूमा पनि नयाँ गठबन्धन दलहरूबाटै मुख्यमन्त्री बनाउने तयारी भएको छ।

 

सत्ताघटक नेकपा माओवादी केन्द्रको बालुवाटारमा सोमबार बसेको पदाधिकारी बैठकमा नयाँ गठबन्धनअनुसार संघीय सरकार र प्रदेश सरकार गठन गर्ने ब्रिफिङ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।

 

जय भगवति मेलौली सुनचाँदी

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादीका सचिव देवेन्द्र पौडेलले नयाँ शिराबाट अघि बढ्ने निर्णय भएको बताए।

नयाँ शिराबाट मन्त्रिपरिषद पुनर्गठन गर्छौं। राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष पनि नयाँ शिराबाट छलफल गरी अघि बढाउँछौं। त्यति मात्र होइन, प्रदेशहरूमा पनि आलोपालोका आधारमा हामी अगाडि बढाउँछौं। त्यसका लागि बालुवाटारमै माओवादी, एमाले र रास्वपासहितको बैठक बस्दैछ,’ उनले भने।

नेपाली कांग्रेससँगको गठबन्धन टुटेसँगै प्रदेशहरूमा मुख्यमन्त्री फेरिने भएका छन्।

कोशीमा कांग्रेसका केदार कार्की, मधेसमा जसपाका सरोजकुमार यादव, बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेस सुरेन्द्रराज पाण्डे, कर्णालीमा माओवादीका राजकुमार शर्मा, लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी, सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page