


बैतडी -प्रकाश भट्ट,बैतडीबाट निर्वानित प्रतिनिधीसभा सांसद दामोदर भण्डारी तेश्रो कार्यकालका लागि मन्त्री बनेको अवसरमा उनको गृहनगर पाटनमा दिपावली मनाइएको छ ।

लगातार तीन पटक संघीय चुनाव जित्दै तेश्रो पटकका लागि मन्त्री पदमा पुगेको अवसरमा साझँपख पाटनमा दीप प्रज्वलन गरि दिपावली मनाइएको नेकपा(एमाले) बैतडीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए ।
मन्त्री भण्डारी यस पटक दोश्रो कार्यकालका लागि उद्योग मन्त्रीमा नियुक्त भएकाछन् । उनि गतबर्ष समेत छोटो कार्यकालका लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री बनेका थिए । उनको ४४दिने कार्यकालमा महत्वपूर्ण कामहरु गरि बढेका थिए ।
भण्डारी यसअघि पहिलो पटक २०७०मा चुनाव जित्दा अर्थराज्यमन्त्री बनेका थिए । उनले २०७४मा एमाले–माओवादी गठबन्धनका बेला भारी मतले चुनाव जित्दा २०७९मा भएको निर्वाचनमा कांग्रेस–माओवादीको बलियो गठबन्धन भत्काउदैँ बैतडीबाट चुनाव जित्न सफल भएका थिए ।




