


बैतडी -बैतडीको शिवनाथ गाउँपालिकामा क्याम्पस स्थापना भएको छ । गाउँपालिकाको वडा नं २ स्थित शर्मालीमा ग्राम प्रकाश बहुमुखी क्याम्पस स्थापना गरिएको हो । त्रिभुवन विश्व विद्यालय मातहतको यो क्याम्पस यघअघि गण्डकीको पर्वतमा रहेको थियो । विश्वविद्यालयले यो क्याम्पस अन्य ठाउँमा सार्न लागिएकोले इच्छुक ठाउँबाट प्रस्तावना आह्वान गरेकोमा शिवनाथले प्रास्तावना पेश गरेको थियो । अन्तत त्रिभुवन विश्व विद्यालयले पनि शिवनाथ–२ मा यो क्याम्पस सञ्चालनको गर्न अनुमती दिएको हो । विश्व विद्यालयले ठेगाना परिवर्तनको परिपत्र दिइसकेको गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले जानकारी दिए । शिवनाथको शिक्षा क्षेत्रमा थप इटा थपिएको गाउँपालिका अध्यक्ष साउँदले बताए ।

यस क्याम्पसमा व्यवस्थापन संकाय र शिक्षा संकायको पढाई हुने र त्यसपछि स्वास्थ्य लगायतका विषयहरु थप गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
ग्रामणि क्षेत्रमा क्याम्पस नहुदा उच्च शिक्षा हासिल गर्न नसकेका विद्यार्थीहरुका लागि यस क्याम्पसबाट शिक्षा हासिल गरी उच्च शिक्षाको धोको पुरा हुने गाउँपालिका अध्यक्ष साउँदले बताए ।




