Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकाले आ.ब. २०८०÷८१ को अर्धबार्षिक समयमा गाउँपालिकाले सम्पादन गरेका कामहरुको प्रभावकारीताका बारेमा उदाउने मिडिया प्रा लि दोगडाकेदारको समन्वयमा बिहिबार सार्वजनिक सुनुवाइ  सम्पन्न गरेको हो ।

जय भगवति मेलौली सुनचाँदी

कार्यक्रममा गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले गाउँपालिको सेवा प्रवाहलाई गाउँपालिका मैत्रि बनाउन सार्वजनिक सुनुवाइ गरेको बताए । उनले गाउँपालिकाको उपलब्ध स्रोत, साधनबाट कार्य सम्पादन गर्दा केही समस्या हुनसक्ने र त्यसको समाधानका लागि प्राप्त सुझावहरुलाई आगामी दिनमा लागु गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कि निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव जोशी,विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरुले सहभागीले उठाएका प्रश्न, सुझाव र जिज्ञासाको सम्बोधन गरेका थिए । उनीहरुले सेवा प्रभावकारी बनाउन र कमिकमजोरी हटाउन सार्वजनिक सुनुवाइ भएको बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव जोशीले ५३ करोड ९९ लाख ८३ हजार ४ सय बराबरको कुल बजेट र खर्च विवरण प्रस्तुत गरेका थिए ‌। कार्यक्रममा जनप्रतिनिधि पत्रकार लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page