



बैतडी -जिल्ला प्रशासन कार्यालय बैतडीले डिभिजन वन कार्यालयसमक्ष जिल्लामा वन अतिक्रमण गरी संरचना बनेको विवरण पेश गर्न भनेको छ । डिविभजन वन कार्यालय बैतडीलाई परिपत्र गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लामा रहेका सरकारी जग्गा तथा सार्वजनिक जग्गाहरुमा नियमविपरित निर्माण गरेका संरचना, एवं अतिक्रमण गरिएका जग्गाको विवरणको माग भएकाले उक्त किसिमका संरचना भए नभएका विवरण साथै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको भए सोको विवरण समेत पठाउन भनिएको हो ।
जिल्लाका बिभिन्न ठाउँहरुमा वन तथा सार्बजनिक जमिन अतिक्रमण गरी घर टहरा बनेको पाइएपछि यसको पूर्ण विवरण माग गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।




