Vutlaxapu
Laxmibhuwan sun chadi

विगतमा छोटो समयमा सुरुवात गरिएका कामहरुलाई पुर्णता दिन्छु: मन्त्री भण्डारी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,नेपाल सरकारका नव नियुक्त उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले विगतमा छोटो समयमा लागि मन्त्री हुदाँका बखत सुरुवात गरिएका कामहरुलाई पुर्णता दिने बताए। प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडी द्धारा पाटनमा आयोजीत पत्रकार सम्मेलनमा उनले कार्यकालमा सुदूरपश्चिममा रहेका विकास निर्माणका सम्भावनाहरुको सुक्ष्म ढंगबाट अध्ययन गरेर विकास निर्माणको काम अघि बढाउने बताए।

बैतडी सहित विभिन्न जिल्लामा रहेका खानीहरुको उत्खखन् देखि कञ्चनपूरमा रहेको सुख्खा बन्दरगाह र दैजि छेला अद्यौगिक क्षेत्र,   दोगडाकेदारमा रहेको फस्फोराइड खानीको काम अघि बढाउने प्रतिवद्धता गरे ।

 

जय भगवति मेलौली सुनचाँदी

उनले भने,“सुदूरपश्चिम र बैतडी जिल्लाको विकासका लागि म यो पार्टी वा त्यो पार्टी भन्ने पक्षमा छैन्, यहाँ रहेका हरेक आयोजनाहरुलाई महत्वका साथ अघि बढाउन प्रतिवद्ध छु । युवा विदेशीने कुरा, बसाइसराईको समस्या, पहाड रित्तिने कुरा यी सबै कुराहरुलाई सुक्ष्म ढंगबाट अध्ययन गरि काम गर्नु जरुरी छ त्यो हामी गछौँ ।” वर्तमान सरकार संविधानको कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताए । एमाले बैतडीको जिल्ला अधिवेशनको सन्दर्भमा मन्त्री भण्डारीले सर्वसम्मत रुपमा नेतृत्व चयन हुने बताए । एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारीले “वास्तविक पार्टी एमाले नै हो” भन्ने सन्देश दिने आधारले नेतृत्व चयन गरिने बताए ।

एमाले बैतडीका वर्तमान अध्यक्ष तथा प्रदेशसभा सांसद सुरेन्द्र पालले सोमबारदेखि हुने पार्टीको नवौँ जिल्ला अधिवेशनको तयारी पुरा भएको बताए । नेकपा(एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशन सोमबार देखी हुने भएको छ । अधिवेशनको उद्घाटनका लागि मन्त्री भण्डारी सहित नेताहरु आइतबार बैतडी पुगेका हुन् ।

अहिले जिल्ला अध्यक्षका लागि आधा दर्जन व्यक्तिको नाम चर्चामा रहेको छ । अध्यक्षका लागि नरेश विक, नरेन्द्र बिष्ट, हर्क धानुक, हजारी साउँद, लोकेन्द्र भण्डारी, गोविन्द गिरी लागयतका व्यक्तिहरुको नाम चर्चामा रहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page