Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा एमालेको जिल्ला अधिवेशन आजदेखि सुरु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी आजदेखि नेकपा एमाले बैतडीको अधिवेशन सुरु भएको छ। आगामी जिल्ला नेतृत्व चयनका लागि हुन गइरहेको अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन्।

 

जय भगवति मेलौली सुनचाँदी

१ सय २६ जना आयोजक, ४ सय ४७ पालिका प्रतिनिधि र ५८ जना जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भएका नेकपा एमाले बैतडीले जनाएको छ। अधिवेशनकै लागि नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमालेका केन्द्रिय सदस्य एवं नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी बैतडी पुगिसकेका छन्।

यस्तै एमाले नेता एवं सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, एमाले नेतृ एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर बम, पूर्व प्रदेश पार्टी अध्यक्ष कर्ण थापा, बैतडी जिल्ला इन्चार्ज निरु देवि पाल समेत पाटन आइतवार नै पुगिसकेका छन्। आगामी नेतृत्वका चयनका लागि हुन गइरहेको अधिवेशनमा ५ जनाले आकांक्ष देखाएका छन्।

नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट, गोविन्द गिरी र हजारी साउँदले आकांक्षा देखाएका छन्। अध्यक्षमा आकांक्षा धेरैले जनाएपनि सहमतीबाटै नेतृत्वको टुंगो लगाउने पक्षमा शीर्ष नेतृत्व देखिएको छ। पार्टीका केन्द्रिय सदस्य एवं मन्त्री भण्डारीले आइतवार आययोजना गरेको पत्रकार सम्मेलनमा सबैलाई समेटेर सहमतीको आधारमा जिल्लाको नेतृत्वको टुंगो लगाउने बताएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page