


बैतडी -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएकाछन् ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बैतडीको नवौँ जिल्ला अधिवेशनको आज पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको बताए ।
देश निर्माणका लागि अहिलेको गठबन्धन बनेको बताउँदै मन्त्री भण्डारीले चुनौतीलाई अवसरमा बदल्नु आवश्यक रहेको बताए। उनले भने, “देश सङ्कटपूर्ण अवस्थामा छ । सरकारमा रहुञ्जेल यसलाई स्वर्णिम अवसरका रूपमा लिएका छौँ । जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउँछौँ ।”
राजनीतिक शक्ति सन्तुलनका आधारमा देशमा परिवर्तन आएको भन्दै मन्त्री भण्डारीले पार्टी ‘मिसन(८४’ मा हिँडेकाले सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।




