Vutlaxapu
Laxmibhuwan sun chadi

कर्णाली पुल सञ्चालनमा आउन अझै केहि दिन लाग्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने चिसापानीस्थित कर्णाली पुल सञ्चालनमा आउन अझ केही दिन लाग्ने भएको छ।

पुलमा सोमवार साँझ आगो लाग्दा क्षति भएको हो। पुलमा गाडी सञ्चालन गर्न मिल्ने कि नमिल्ने भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको छ।

जय भगवति मेलौली सुनचाँदी

अहिले सुदूरपश्चिम प्रवेश गर्ने र बाहिरिने गाडीहरु बैकल्पीक रुपमा हुलाकी राजमार्गको प्रयोग गर्दै चलिरहेका छन्। सोमवार दिउँसो वीरगञ्जबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको थियो।

ट्रकमा लागेको आगो पुलका लठ्ठाहरुमा समेत सल्किएपछि सवारीसाधन आवागमनलाई बन्द गराएर सडक विभाग र पुल महाशाखाबाट आएको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरिरहेको छ। पुल महाशाखाका डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले प्रारम्भिक अध्ययनका क्रममा आगालागीबाट पुलका दायाबाँयातर्फका ७÷७ वटा लठ्ठा जलेको बताए।

जलेका केबलसहित पुलको सतहको मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले अझै केही दिन सवारीसाधन चलाउन नमिल्ने अधिकारीले बताए। पुलको सतह मर्मत गर्नुपर्ने भएकाले कम्तीमा पनि तीन दिन लाग्ने भएकाले त्यो अवधीसम्म सवारीसाधन चलाउन नमिल्ने इन्जिनियर अधिकारीले बताए। ट्रकमा आगलागीको कारण भने खुलेको छैन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page