Vutlaxapu
Laxmibhuwan sun chadi

सरुवा नदिदा गाउँपालिकामा ढुङ्गा मुडा र आगजनी घटनामा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

दार्चुला -दार्चुलाको मार्मा गाउँपालिका भवनमा भएकोे ढुंगामुढा र आगजनी घटनाको आरोपमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन। फागुन २४ गते राति करिब दुई बजेतिर पालिका भवनमा भएको ढुंगामुढा र आगजनीबारेको अनुसन्धान गर्न प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी

जय भगवति मेलौली सुनचाँदी

पक्राउ परेका छन।

यसबारे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहलाई बुझ्दा अनुसन्धानपश्चात प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिई सोमवार अदालतबाट ७ दिनको म्याद थप गरिएको बताए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृतमाथि अपराधिक उपद्रभअन्तर्गत मुद्धा दर्ता गरिएको छ ।

 

अन्य व्यक्ति वा समूहले पालिकामा ढुंगामुढा र आगजनी गरेको प्रमाण नदेखिदा प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फागुन २४ गते राति सरकारी आवासमा सुतिरहेको बेला आक्रमण भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीले हारगुहार माग्दै प्रहरीलाई खबर गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले नै घटना घटाएको प्रमाण प्रहरी अनुसन्धानले देखाएको छ ।प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मार्माबाट सरुवा मागेको र सरुवा नहुँदा यस्तो घटना घटाएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page