Vutlaxapu
Laxmibhuwan sun chadi

डिलाशैनीमा कोदालो प्रहारबाट तीन जना गम्भीर घाइते: हेलिकप्टरबाट उद्धार हुँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-बैतडीको डिलाशैनी गाँउपालीकामा एक जनाले गाँउपालीकामा कार्यरत कर्मचारी सहित दुइ जनामाथी कोदालो प्रहार गरेका छन। डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले उनकी ५६ वर्षीया श्रीमती पार्वती धामी, दशरथचन्द नगरपालिका ९ घर भइ डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुख सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट माथी कोदालो प्रहार गरेका हुन।कोदालो प्रहारबाट तिनै जना गम्भीर घाइते भएका छन।

जय भगवति मेलौली सुनचाँदी

बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरि बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।

 

घाइते तिनै जनाको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरूको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो।

कोदालो प्रहार किन गरे भन्ने बारे खुल्न सकेको छैन्। कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page