


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा रहेको श्रीकेदार माध्यमिक विद्यालय पिपलकोट बैतडीले होली खेलेर ७ लाख ८४ हजार भन्दा बढी रकम संकलन गरेको छ । दोगडाकेदार गाउँपालिका ४ पिपलकोटमा रहेको सो विद्यालयले ७ लाख ८४ हजार १सय पैंचालिस रुपैयाँ संकलन गरेको बिधालय ब्यबस्थापन समिती अध्यक्ष तर्कराज भट्टले बताए।


चैत्र ७ गतेदेखि ११ गतेसम्म होली खेलेर सो रकम संकलन गरिएको बताए । दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का सबै टोलहरुमा र ५ को केही टोल तथा बजार क्षेत्रमा होली खेलेको विद्यालयले जनाएको छ । विधालयलमा प्राविधिक शिक्षाको लागि पहल गर्ने उदेश्य सहित विधालयमा कार्यरत शिक्षक, भुतपूर्व विधालय व्यवस्थापन समिती, वर्तमान विधालय व्यवस्थापन समिती, स्थानीय ब्यापारी, अविभावकहरुको सल्लाह वमोजिम होलि खेलिएको र उत्साहजनक आर्थिक संकलन भएकोले उदेश्य अनुरुप खर्च गरिने बताए।





