Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा वडाध्यक्षसहित शिक्षक पक्राउ, जबरजस्ती करणीमा संलग्न एक फरार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा एक वडाअध्यक्षसहित शिक्षक पक्राउ परेका छन्।

जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्षसहित शिक्षक पक्राउ परेका हुन्। सिगास गाउँपालिकाका प्रवक्ता समेत रहेका अमरसिंह धामीसहित शिक्षक पक्राउ परेका छन्। चार वर्ष अघि जबरजस्ती करणी मुद्दामा मिलापत्र गरेको आरोप लागेका गाउँपालिकाका प्रवक्तासहित तीन जना पक्राउ परेका हुन्।

जय भगवति मेलौली सुनचाँदी

सोमबार वडाअध्यक्ष धामी, गाउँपालिकाका कर्मचारी राजेन्द्रसिंह धामी र भुवन भास्कार माविका शिक्षक मनोजसिंह धामी पक्राउ परेका हुन्। २०७७ सालमा स्थानीय दिपक सिंह धामीमाथि एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो। घटना बाहिर आएपछि वडाअध्यक्ष अमरसिंह, शिक्षक मनोजसिंह, कर्मचारी राजेन्द्रसिंहलगायतले तमसुक बनाएर घटनाको मिलापत्र गरेका थिए।

आरोपित दिपकले जबरजस्ती करणीमा परेकी किशोरीलाई सुन दिने सहमतिसहितको तमसुक बनाएका थिए। मिलोमतोमा संलग्न अर्का गोपालसिंह धामीले कैद भुक्तान गरेर छुटिसकेका छन्। सोही तमसुकको साँक्षी बसेका अध्यक्ष, शिक्षक र कर्मचारी सोमबार पुनः पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई उच्च अदालत दिपायलको कञ्चनपुर इजलासले एक महिना कैद सजाय तोकेको छ। त्यसमध्ये वडा अध्यक्ष र शिक्षक २७ दिन कारागार बसेका थिए। उनीहरूले अब ३ दिनमात्रै बस्नुपर्नेछ। यसअघि २५ दिन कैद भुक्तान गरेका राजेन्द्रले ५ दिन पुनः बस्नुपर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमबिक्रम केसीले बताए। तीनै जनाले १० हजार जरिवना पनि तिर्नुपर्नेछ। जबरजस्ती करणीमा संलग्न दिपकसिंह धामी भने फरार छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page