Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

दार्चुला -दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको मृत्यु भएको छ।

जय भगवति मेलौली सुनचाँदी

मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर ४० वर्षीय गंगाराम लुहारको मृत्यु भएको हो। गाउँपालिकाको केन्द्र पस्तीबाट डाडाकोट जाने क्रममा लडेर गंगारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी सोहि वडामै वडासचिवको रुपमा काम गर्दै आएका थिए। घटना बिहीवारको भएपनि प्रहरीले भने शुक्रवार जानकारी पाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए। उनी हिजो बेलुकीतिर लडेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page