


बैतडी -बैतडीको पाटन नगरपालिका–६मा सुरु हुन गइरहेको नगरस्तरीय खुल्ला पुरुष टी–२०क्रिकेट प्रतियोगिताको आन्तरिक तयारी भइरहेको छ । चैत्र २६ गतेदेखि सुरु हुन गइरहेको प्रथम पाटन नगरस्तीय उदयदेव प्रिमियर लिग (सिजन–१)को व्यवस्थापकीय तयारी तिब्र पारिएको आयाजक एवं पाटन भ्याली क्रिकेट क्लबका सचिव सन्तोश जोशीले जानकारी दिए ।
आइतबार पाटन भ्याली क्रिकेट क्लबका उपाध्यक्ष मुकेश कुमार ऐरको अध्यक्षतामा बसेको बैठकले केही निर्णय पनि गरेको छ । टिम दर्ताको समय दुई दिन थप गरी २४ गतेसम्म दर्ता गरिसक्नु पर्ने निर्णय गरिएको छ ।
नगरपालिकामा रहेको क्लबहरुको आग्रहमा टिम दर्ताको समय थप गरिएको क्लबले स्पष्ट पारेको छ ।

पाटन नगरपालिकाभित्र रहेका क्लब, संस्था, समुह वा समितिले मात्रै प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । नगरपालिका भित्रको क्रिकेटको विकास गरी दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यका साथ नगरस्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरिन लागिएको क्लवका सचिव जोशीले बताए ।
नगरक्षेत्रका धार्मीक क्षेत्रको पर्यटन प्रवर्धनको पनि अपेक्षा गरिएको छ । सोही अनुरुप यस प्रतियोगिताको नाम समेत जिल्लाकै प्रशिद्ध उदयदेव मन्दिरको नामबाट “उदयदेव प्रिमियर लिग” नामाकरण गरिएको क्लबले यसअघि नै बताएको थियो ।
प्रतियोगीताको प्रथम पुरुस्कार नगद ३० हजार, द्धित्तिय पुरुस्कार नगद २० हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलमा म्यान अफ दि सिरिज नगद ५ हजार, वेष्ट व्याट्सम्यान नगद ३ हजार, वेष्ट बलर नगद ३ हजार र इमर्जिङ प्लेयर नगद १ हजार ५ सय पुरुस्कार प्राप्त गर्नेछन् ।
पाटन नगरपालिका भित्रका खेलाडीलाई मात्र सहभागी गराईने प्रतियोगीतामा दर्ता शुल्क ३ हजार ५ सय तोकिएको छ ।




