Chandramani sun chadi
Laxmibhuwan sun chadi

बैतडीमा पहिलो पटक भलिबल खेल महोत्सव हुदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

बैतडी -बैतडीमा बृहत भलिबल प्रतियोगिता सहित महोत्सव आयोजना हुने भएको छ । जिल्ला खेलकुद महासंघको आयोजनामा बृहत भलिबल प्रतियोगिताको तयारी भइरहेको राष्ट्रिय खेलाडी,प्रदेश रेफ्री एवं नेपाल खेलकुद महासङ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।

 

पुरुषतर्फ र महिलातर्फको पुरस्कार राशी समान ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको छ । द्धतिय पुरस्कार ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार ४४ हजार ४४४ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, सान्त्वना पुरस्कार ३३ हजार ३३३ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र अनुशासित टिमलाई ११ हजार १११ रुपैया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने प्रस्ताव गरिएको छ ।

यसैगरी उत्कृष्ठ खेलाडीलाई ७ हजार ७७७ रुपैया पुरस्कार प्रदान गरिने छ ।

बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्सर,बेस्ट सरबर, उदयमान खेलाडी र सिनियर खेलाडीलाई जनही ३ हजार ३३३ रुपैया नगद, ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिने छ ।

सम्पुर्णता सुनचाँदी गहना पसल

यसैगरी उत्कृष्ट टिम प्रशिक्षक र व्यवस्थापकलाई पनि सामान ५ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने छ ।

माथि उल्लेखित पुरस्कार राशी महिला पुरुष दुवै टोलीमा लागु हुने प्रदेश रेफ्री चन्दले जानकारी गराए ।

केही दिनमै पत्रकार सम्मेलनको आयोजनागरी खेल आयोजना हुने स्थान र मितिको टुंगो लगाइने बताइएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकुद, बैतडीका लागि खेलकुद भन्ने नाराकासाथ, सास्कृति पर्यटन महोत्सव तथा बृहत भलिबल खेल महोत्सवकको आयोजना गरिन लागिएको हो ।

बैतडीमा यस्तो कार्यक्रम पहिलो पटक आयोजना गरिन लागिएको हो । यस प्रतियोगितामा करिब सवा पाँच लाख खर्च पुरस्कार राशीमै खर्च हुन गइरहेको छ ।

 

माथि उललेखित पुरास्कार राशी प्रास्ताव गरिएको र यसका लागि आफुहरु तयारीमा जुटीरहेको जिल्ला खेलकुद महासंघ बैतडीका इन्चार्ज मनोज ठकुराठीले जानकारी दिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page