



बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाको खोचेलेक बजार र सिल्लेगडा बजारलाइ सुरक्षित बनाउने उदेश्यले सिसी टिभी क्यामरा जडान गरिएको छ। दोगडाकेदार गाउँपालिकाको आर्थिक लगानीमा सिल्लेगडा बजार र खोचलेक बजार क्षेत्रमा सिसी टिभी क्यामरा जडान गरिएको हो। बजारक्षेत्रलाई थप व्यवस्थित र सुरक्षित बनाउन सिसी टिभी क्यामरा जडान गरिएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ।




