


बैतडी -बैतडीमा सामुदायिक पशु प्रजनन केन्द्र स्थापनाका लागि उन्नत जातका बोका बितरण गरिएका छन। पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीले मंगलवार बैतडीका दस वटै स्थानिय तहहरुमा किसानहरुको लागी उन्नत जातको बोका वितरण गरेको हो।
१० वटा स्थानीय तहका २५ वटा समुहमा २५ वटा उन्नत जातको वोका वितरण गरिएको पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख श्याम सिँह खड्काले बताए ।

दश वटा स्थानीय तहमा गाँउपालिकाको सम्बन्धित साखाबाट सिफारिस भएका सकृय कृषक समुहलाई वोयर,खरि,सिरोहि जातका क्रस वोका वितरण गरिएको पशु विकास अधिकृत बिशाल पाठकले बताए।
जिल्लाका वाख्रा पालक किसानहरुले उन्नत जातको वोकावाट प्रजनन क्रिया नगराएका कारण वाख्रा पालन व्यवसाय फस्टाउन नसकेको गुनासो आईरहेको वेला कार्यालयले उन्नत जातको वोकाहरु स्थानीय तहमा रहेका कृषक समुहमा वितरण गरेपछि किसानहरु खुसी भएका छन् ।
किसानहरुले पालन गरेका वाख्राहरु अधिकांश हाड्नाता करणीवाट जन्मिएका कारण वृद्धी विकासमा समस्या हुने हुदा उन्नत जातका बोका बितरण गरेपछि किसानहरुलाइ केहि राहत हुने कार्यालय प्रमुख खड्काले बताए।




