Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नाउपाको ह्विप

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको विपक्षमा मतदान गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले ह्विप जारी गरेको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले शाहको विपक्षमा मतदान गर्न बुधबार ह्विप जारी गरेकी हुन् ।

जय भगवति मेलौली सुनचाँदी

मुख्यमन्त्री शाहले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेको सन्दर्भमा यस्तो ह्विप कार्यान्वयन भएमा सरकार ढल्ने निश्चित छ । तर, नागरिक उन्मुक्ति पार्टीभित्र प्रदेश सरकारलाई साथ दिने कि नदिने भन्नेमा विवाद रहँदै आएको छ । विवाद चर्किँदै जाँदा सो पार्टीभित्र दुई दिनअघि हातहालाहालको स्थिति समेत भएको थियो ।

उपरोक्त सम्बन्धमा नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमहरूका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरेपनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले मिति २०८०।१२।२२ गते माननीय कमल बहादुर शाहज्यूले लिन गइरहेको विश्वासको मतको विपक्षमा मतदान गर्नुहुन निर्देशन सहितको ह्विप जारी गरिएको ब्यहोरा अनुरोध गर्दछु’, श्रेष्ठले प्रदेशमा पठाएको निर्देशनमा भनिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page