Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिमका मुख्यमन्त्री शाह राजीनामा दिदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन्। प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा आएर राजीनामा दिने भएका हुन्। नेपाली काँग्रेस स्रोतका अनुसार मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउने भएका हुन्।

 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत पाउने वातावरण नभएपछि मुख्यमन्त्रीले राजीनामा दिने भएका हुन।

जय भगवति मेलौली सुनचाँदी

माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले उनी अल्पमतमा थिए। सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट ३० दिन भित्र विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ।

 

नागरिक उन्मुक्ति पार्टी, राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत पाउने आशामा मुख्यमन्त्री शाह थिए। तर, नागरिक उन्मुक्ति पार्टीले मत नदिे भएपछि राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले पनि मत नदिने भएका हुन।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page