


बैतडी -जयपृथ्वी राजारमार्ग अन्तगरगत बैतडीको पाटन ८ स्थित झौलेक नजिकै ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाटन १० बैतडीका मन्धीर बिष्ट र टयाक्टर चालक समेत रहेका कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी रहेकाछन् ।
से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएपनि आज बिहान स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।




