Vutlaxapu
Laxmibhuwan sun chadi

कपाल पलाउन थालेको छ, २० वर्ष कसैले आस नगरे हुन्छ: ओली

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू बिनाको एमाले भन्नेहरु देखेर दया लागेर आउने बताएका छन्।

एमाले कास्की नवनिर्वाचित जिल्ला कमिटीलाई शपथ गराउँदै उनले एमाले बिनाको नेपाल र आफू बिनाको एमाले भन्नेहरु देखेर दया लागेको बताएका हुन्।

 

‘कसैले एमाले बिनाको नेपाल भने। कठैवरी। एमाले बिनाको नेपाल रे, केपी ओली बिनाको एमाले भने। दया लागेर आउँछ। केपी ओली नभइदिएदेखि यसो गर्थ्यौं, उसो गर्थ्यौं लाग्या होला,’ उनले भने।

आफूले पोहोर परार जुँगा कालाकाला हुन थालेको सम्झँदै ओलीले अहिले कपाल पनि पलाउन थालेको भन्दै २० बर्ष कसैले आस गर्न नपर्ने बताए।

‘मेरो कपाल सबै झरेथ्यो। अहिले पलाउन थाल्या छ, रोपेको होइन,’ उनले भने, ‘२० बर्ष कसैले आस नगरे हुन्छ।’

जय भगवति मेलौली सुनचाँदी

एमाले अहिले नयाँ समीकरणमा सरकारमा रहेको भन्दै उनले सरकारमा सहभागी सबै पार्टीका आफ्नै नीति र उदेश्य रहेको बताए। सुशासन र विकासका लागि नयाँ समीकरण बनाउनुपरेको उन

एमालेको उदेश्य महान् रहेकाले झिंगाको सरापले डिंगा नमर्ने ओलीले बताए। ‘हाम्रो उदेश्य महान छ, कोही पनि साथीले गलत बाटो लिनु हुँदैन,’ उनले भने, ‘संकीर्ण सोचबाट महान कार्य गर्न सकिँदैन।’

 

पार्टीमा रहेर लिनुसम्म लिएका व्यक्तिले अझै भाग खोज्ने प्रवृत्ति पार्टीमा मौलाएको भन्दै उनले असन्तुष्टि जनाए। आफूले अध्यक्ष पद छाडेपछि यसरी भाग नखोज्ने उनको भनाइ छ।को दाबी छ।

कतिपय मान्छेमा के देखियो भने लिनुसम्म लिए। अनि मलाई के भन्छन्। माधव नेपालले १५ बर्ष पार्टी चलाए। प्रधानमन्त्री भए। अनि भन्छन्, मलाई खोई, मैले के पाए। अहिले समीकरणमा हुनुहुन्छ। त्यो पनि ख्याल गर्नुपर्छ फेरि। मैले झण्डै झण्डै बिर्सिएछु,’ उनले भने।

 

यस्तै झलनाथ खनाल पनि १३ वर्ष पार्टी प्रमुख र प्रधानमन्त्री भएर फेरि भाग खोज्ने गरेको ओलीले बताए।

 

पार्टीका पूर्वप्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमा राख्ने गलत चलन चलाएको ओलीले बताए। आफूले अध्यक्ष छाडेपछि त्यसो नगर्ने उनको प्रतिवद्धता छ।

 

‘म अध्यक्ष छोडेपछि अध्यक्षको छेउमा बसेर यो पनि चाहियो त्यो पनि चाहियो गर्दिनँ,’ उनले भने, ‘मागेको सहयोग गर्ने हो, यो पनि चाहियो, त्यो पनि चाहियो गर्ने होइन।’

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page