


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाले चैत्र १ गतेदेखि ८ गतेसम्म सन्चालन गरेको आधारभूत तह (कक्षा ८) को परिक्षाको परीक्षाफल प्रकाशित गरेको छ। गाउँ पालिकाले एक सुचना जारि गर्दै परिक्षाफल प्रकाशित गरेको हो।

परिक्षामा कुल सहभागि ५०५ बिधार्थीमध्ये ३३% अर्थात् १७१ जना सफल सफल भएका छन यस्तै २७.३२% अर्थात१३८जना बिधार्थीहरुले ग्रेड वृद्धि परिक्षा दिन पाउने भएका छन। भने १९६ जना फेल भएका छन।
यस्तै आधारभूत तह (कक्षा ८) को परिक्षामा सहभागि दुइ बिधालयको नतिजा शुन्यमा झरेको छ।शुन्य नतिजा आउने बिधालयमा दोगडाकेदार गाउँपालिका वडा नं ४ मा रहेको केदार आधारभुत बिधालय चौगाउ र दोगडाकेदार गाउँपालिका वडा नं ३मा रहेको खोचेलेक आधारभुत बिधालय सिमोडा रहेका छन।
सैद्दान्तिक तर्फ कुनै दुइ बिषयमा डि ग्रेड प्राप्त गर्न नसकेका विधार्थीहरुहरुका लागि ग्रेडबृदि परिक्षा बैशाख ६ गतेदेखि सन्चालन गरिने गाउँपालिकाले जनाएको छ।




