Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु भएको छ।

नेपाली काँग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले राजीनामा दिएसँगै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु भएको हो। प्रदेश प्रमुख नजिर मियाँले १० दिनको म्याद दिएर शुक्रबार सरकार गठनका लागि आह्वान गरेसँगै नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु भएको हो।

जय भगवति मेलौली सुनचाँदी

शाहले बिहीबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले शुक्रबार संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई आगामी वैशाख २ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्।

यसअघि सबैभन्दा ठूलो दलको हैसियतमा शाह संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएकामा सत्ता साझेदार दलहरूले समर्थन फिर्ता लिएपछि बहुमत जुटाउन नसक्दा राजीनामा दिएका थिए। राजीनामा दिएको भोलिपल्ट प्रदेश प्रमुखले धारा १६८ (२) मा फर्किएर नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु गरिएको बताए।

प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु गरेसँगै एकीकृत समाजवादीले मुख्यमन्त्रीका लागि अग्रसरता देखाएको छ। सत्ता गठबन्धनमा सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भइसकेको छ। समझदारी अनुरूप समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी स्वाभाविक रूपमा मुख्यमन्त्रीका दाबेदार हुनेछन्। तर, सरकार गठनका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी आफैं आन्तरिक किचलोमा फसेको छ।

 

पार्टी संरक्षक रहेका रेशम चौधरीको पक्षमा पाँच सांसद र अध्यक्ष रञ्जिताको पक्षमा कैलाश चौधरी र टीका थापा गरी दुई जना सांसद छन्। संसदीय दलको नेता घनश्याम चौधरी रेशम पक्षधर हुन्। सांसदहरू घनश्याम चौधरी, लक्ष्मण किशोर चौधरी, रामेश्वर चौधरी, खुसीराम डगौरा थारु र इन्दिरा गिरी बिहीबारसम्म कांग्रेस नेतृत्वकै सरकारको पक्षमा अडिग थिए। नागरिक उन्मुक्तिका संरक्षक रेशमले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page