Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने नागरिक उन्मुक्तिको तयारी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूपश्चिम प्रदेशमा आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने गृहकार्यलाई तीव्रता दिएको छ । केन्द्रमा रहेको नयाँ सत्ता समीकरण घटक दलको समर्थनमा नयाँ सरकार निर्माणको गृहकार्य तीव्रता दिएको हो ।नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले घनश्याम चौधरीलाई हटाएर संसदीय दलको नेतामा सांसद कैलाश चौधरीलाई तोकेयता उनी आफ्नो नेतृत्वमा सरकार गठनको तयारीमा जुटेका छन् ।

आफ्नो नेतृत्वको विषयमा गठबन्धन घटक दलमा कुनै दुबिधा नरहेको बताउँदै कैलाश चौधरीले आज सरकारको प्रारम्भिक खाका ल्याउने र भोलि वैशाख १ गते प्रदेश प्रमुख कहाँ दाबी पेस गर्ने जानकारी दिए । जसको लागि सत्ता गठबन्धन घटक दल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायत शीर्ष नेतृत्वका साथै यहाँका सभामुख भीमबहादुर भण्डारीसँग छलफल भएको चौधरीले बताए।

यहाँ एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने शीर्ष नेतृत्वबिच यसअघि एकखाले समझदारी बनेको थियो । फलतः पहिलो चरणमा आफ्नो नेतृत्वमा सरकार बनाउने र त्यसपछि समाजवादीलाई सत्ता हस्तान्तरण गर्ने विश्वास नाउपाले दिलाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

नेपाली कांग्रेसका कमल बहादुर शाह नेतृत्वको सरकार चैत्र २२ गते ढलेपछि प्रदेश प्रमुख नजिर मियाँले १० दिन (वैशाख २ गते)भित्र संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको लागि आह्वान गरेका छन् ।

यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको र हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् । अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ ।

 

नयाँ सत्ता गठबन्धन घटक दल माओवादीको १० (सभामुख बाहेक), एमालेको १०, एकीकृत समाजवादीको ४ र नाउपाको ६ मध्ये ३ र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेस गर्ने नाउपाको तयारी छ।

अर्कोतिर नेपाली कांग्रेस पनि आफ्नो नेतृत्वमा सरकार गठनको कसरत थालेको छ । नाउपाकै केही सांसदको समर्थनमा सरकार निर्माणको कसरतमा जुटेको हो । यद्यपि कांग्रेसले आवश्यक बहुमत जुटाउन सकेको छैन । फलतः उसले हरहालतमा प्रदेश प्रमुखले दिएको समय सीमाभित्र सरकार बन्न नदिने रणनीति अख्तियार गरेको छ ।

 

वैशाख २ गतेभित्र सरकार बन्न नसकेको अवस्थामा स्वाभाविक रुपमा संविधानको धारा १६८ को ३ अनुसार कांग्रेसलाई ठुलो दलको हैसियतले पुनः सरकार बनाउने बाटो खुल्ने भएकोले सो रणनीतिमा लागेको हो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page