Vutlaxapu
Laxmibhuwan sun chadi

कक्षा ८ को परीक्षामा सबै अनुत्तीर्ण भएपछि प्रअद्वारा राजीनामा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी । बैतडीको पाटन नगरपालिका वडा न. १ स्थित शिद्धेश्वर मा.वि. मेल्चोरामा कक्षा ८ को परीक्षामा सबै अनुत्तीर्ण भएपछि प्रधानाध्यापकले पदबाट राजीनामा दिनु भएको छ ।

 

हालै प्रकाशन भएको नगरपालिका स्तरीय कक्षा ८ को परीक्षामा सबै विद्यार्थीहरू अनुत्तीर्ण भएपछि प्रधानाध्यापक प्रकाश लोहारले राजीनामा दिनुभएको हो । प्रधानाध्यापक लोहारले विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत सिंह रावल समक्ष राजीनामा बुझाउनु भएको हो । उहाँको राजीनामा आइतबार नै अध्यक्ष रावलले स्वीकृत गर्नुभएको छ ।

 

निम्न माध्यमिक विद्यालय स्थायी रहेको विद्यालयमा कक्षा ८ सम्म स्थायी शिक्षक पूर्णरुपमा भएपनि नगर स्तरीय परीक्षामा कक्षा ८ मा शून्य नतिजा आएको छ भने, कक्षा १ देखी ९ सम्मको वडा स्तरीय परीक्षामा जम्मा १ सय २७ जना मध्ये २२ जना मात्र उर्तीण भएका छन् ।

 

जय भगवति मेलौली सुनचाँदी

तीन वर्ष एक महिना प्रधानाध्यापकको जिम्मेवारीमा रहेका लोहारले विद्यालयको नतिजा सन्तोषजनक नआएपछि नैतिकताको आधारमा राजीनामा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नि.मा.वि.मा शिक्षक कोटा पुरा छ, नतिजा शून्य आयो, यो मलाई चित्त बुझेन, अब अरू साथीले गर्नहुन्छ, मेरो सहयोग पुरा रहन्छ ।’ नगर शिक्षक तथा स्वयंसेवक शिक्षकहरूले अध्यापन गराइरहेको विद्यालयको भन्दा रिजल्ट कमजोर आएपछि आफूले प्रधानाध्यापक पदबाट राजीनामा दिएको उनले बताए ।

कक्षा ८ मात्र नभई १ देखी ९ सम्मकै नतिजा सन्तोषजनक नआएको लोहारको भनाई छ । विभिन्न दबाबका कारण सोचे अनुसार काम गर्ने वातावरण नभएको उहाँको गुनासो छ । विद्यालय व्यवस्थापन समितिले शिक्षक उद्धव भट्टराईलाई अहिलेका लागि निमित्त प्रधानाध्यापकको जिम्मा दिएको छ भने ७ गते भित्र नयाँ प्रधानाध्यापक नियुक्त गर्ने जनाएको छ । जसका लागि शिक्षकहरूबाट विद्यालय विकास प्रस्ताव माग गरिएको विद्यालय स्रोतले जनाएको छ ।

यसपाली पाटन नगरपालिका भित्र रहेका विद्यालयहरू मध्ये कक्षा ८ मा ७ विद्यालयको नतिजा निल आएको छ ।

स्रोतका अनुसार नयाँ प्रअका लागि पुष्प भट्टराई, तेजबहादुर चन्द लगायतका शिक्षकको नाम चर्चामा छ । यस विद्यालयमा केही व्यक्तीको राजनीतिक स्वार्थका कारण पछिल्लो समय खस्किँदै गएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page