Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा पहिलो पटक एकै पार्टीबाट दुई जनाको मुख्यमन्त्रीका लागि दाबी पेस

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीकै दुई प्रदेशसभा सदस्यले दाबी पेस गरेका छन्।प्रदेश प्रमुख नाजिर मियाँले समय दिएको अन्तिम दिन सो पार्टीकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। उन्मुक्तिका संरक्षक रेशम चौधरीपक्षीय लक्ष्मणकिशोर चौधरी र अध्यक्ष रन्जीता श्रेष्ठ पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

मुख्यमन्त्रीमा नियुक्त हुन् लक्ष्मणकिशोर चौधरीले नेपाली काँग्रेस, नकपा समाजवादी र राप्रपाको समर्थन रहेको पत्र पेस गरेका छन्।

यता, कैलाश चौधरीले भने नेकपा माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्र सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन्। प्रदेश प्रमुखले भने दुई जनाको दाबी पेस भएकाले मङ्गलवार सांसदहरूको लाइन लगाएर सनाखत गर्ने भएका छन्।

सुदूरपश्चिममा पहिलो पटक एकै पार्टीबाट दुई जनाको मुख्यमन्त्रीका लागि दाबी पेस भएको छ।

नागरिक उन्मुक्तिमा देखिएको विवादले अध्यक्ष रन्जित श्रेष्ठ पक्षधर कैलाश चौधरी र संरक्षक रेशमलाल चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। एकै पार्टीका दुई जना प्रदेश सभा सदस्यले फरक–फरक दाबी पेस गरेको भन्दै प्रदेश प्रमुखले आवश्यक कानूनी परामर्श पछि मात्रै मुख्यमन्त्री नियुक्त गर्छु भन्ने मौका पाएका छन्।

जय भगवति मेलौली सुनचाँदी

उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले नेपाली काँग्रेस, नेकपा समाजवादी र राप्रपाका सांसदको समर्थन रहेको दाबी पेस गरेका हुन्। यता, उन्मुक्तिकै कैलाश चौधरी पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। कैलाश चौधरीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदको हस्ताक्षरसहितको पत्र पेस गरेका छन्। सांसद कैलाश चौधरीले नेकपा एकीकृत समाजवादीको समेत समर्थन प्राप्त हुने भन्दै दाबी पेस गरेको बताए। ‘नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थन मलाई छ।

 

नेकपा समाजवादीको पनि समर्थन हुने भएपछि मुख्यमन्त्रीका लागि दाबी पेस गरिएको हो’, कैलाश चौधरीले भने। लक्ष्मणकिशोर चौधरीले पेस गरेको दाबीमा १८ जना नेपाली काँग्रेसका ४ जना एकीकृत समाजवादी ५ जना नागरिक उन्मुक्ति र एक जना राप्रपा सांसदसहित २८ जना सांसदको समर्थन देखिएको छ। यता, कैलाश चौधरीले १० जना एमाले, १० जना माओवादी केन्द्र, दुई जना उन्मुक्ति र एक जना स्वतन्त्र सहित ४ जना समाजवादीका सांसदको समर्थन रहेको भन्दै दाबी पेस गरेका छन्।

 

मुख्यमन्त्रीका लागि दुई जनाको दाबी पेस भएकाले कसलाई नियुक्त गर्ने विषयमा अन्यौल देखिएको छ। कानूनी परामर्शपछि दुबै पक्षलाई सनाखतका लागि बोलाएर बहुमत सिद्ध गर्ने सांसदलाई मुख्यमन्त्री नियुक्त गरिने भएको छ। मङ्गलवार सनाखत गरेर मुख्यमन्त्री कसलाई नियुक्त गर्ने विषयमा निर्णय लिने मनसाय प्रदेश प्रमुखले बनाएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचीव शैलेश ढुङ्गानाले बताए।

 

बहुमत सदस्यको समर्थन सहित पहिला दाबी पेस गर्ने लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त नगर्नु संविधान विपरीत भएको लक्ष्मणकिशोर पक्षधर सांसदले बताएका छन्। समर्थनमा स्पष्ट बहुमत देखिदासमेत मुख्यमन्त्रीका लागि पेश भएको दाबी उपर कारबाही नगर्नु गलत भएको नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमको तर्क छ।

 

‘माननीय लक्ष्मणकिशोर चौधरीको पक्षमा स्पष्ट बहुमत छ। बहुमत नेपाली काँग्रेस, समाजवादी र राप्रपाको समर्थनसहित स्पष्ट बहुमत भएको सांसदलाई मुख्यमन्त्री नियुक्त नगर्नु संविधान विपरीत छ। प्रदेश प्रमुखले लक्ष्मणकिशोर चौधरीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्छ’, काँग्रेस प्रदेश सभा सदस्य बमले भने। चैत २२ गते मुख्यमन्त्री कमलबहादुर शाहले राजिनामा दिएपछि बैशाख २ गतेसम्म नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख नजिर मियाँले दलहरूलाई १० दिनको समय दिएका थिए।

 

प्रदेशमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने नेपाली काँग्रेस नेकपा एकीकृत समाजवादी र राप्रपाको समझदारी बनेपछि कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदबिच समझदारी बनेको हो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page