Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिमको मुख्यमन्त्रीमा समर्थन गर्न एमालेलाई समाजवादीको अल्टिमेटम

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई समर्थन गर्न अल्टिमेटम दिइएको छ। एमालेले सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गर्न खोजेपछि समाजवादीले राजनीतिक कोर्स परिवर्तनको सङ्केत देखाएको हो।नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको कुनै निर्देशन नआएको भन्दै सोडारीलाई समर्थन गरेको छैन। एमाले संसदीय दलका नेता राजेन्द्र रावलले केन्द्रीय नेताबाट निर्देशन नआएकाले कुनै निर्णय नलिएको बताए।

जय भगवति मेलौली सुनचाँदी

एमालेले समाजवादीलाई सहयोग नगरेको अवस्थामा काँग्रेस, नागरिक उन्मुक्ति पार्टीसहितको वैकल्पिक गठबन्धनलाई पुनः ब्युँताएर योजनामा एकीकृत समाजवादी रहेको छ। समाजवादीले एमालेलाई दिउँसो २ बजेसम्म निर्णय गर्न अल्टिमेटम दिएको छ। त्यसपछि पनि एमालेले निर्णय नगरेको अवस्थामा काँग्रेससहितको वैकल्पिक गठबन्धनको सहयोगमा सरकार निर्माण गर्ने योजनामा समाजवादी छ। एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य प्रकाश रावलले एमालले केपी शर्मा ओलीको निर्देशन नआएको भन्दै समर्थन गर्न ढिलाई गरेको बताए।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवाबिचको छलफलमा प्रदेशमा मिलेर जाने विषयमा छलफल भएको थियो। सो छलफलको क्रममा देउवा सकारात्मक देखिएपछि एकीकृत समाजवादीले एमालेलाई अल्टिमेटम दिने अवस्थामा पुगेको हो। सुदूरपश्चिमका प्रदेश प्रमुखले दिएको समय सिमा बिहिवार ५ बजे सकिदै छ। ५ बजेसम्म सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुपर्ने छ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। प्रदेशमा मुख्यमन्त्रीका लागि २७ प्रदेश सभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page