Vutlaxapu
Laxmibhuwan sun chadi

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीको पद बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

 

मुख्यमन्त्री दीर्घबहादुर सोडारी विरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो। मुख्यमन्त्री नियुक्तिको विषय सर्वोच्च अदालतमा पुगेको हो। नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरी र गोविन्द चौधरीले मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारीको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरिएको छ।

जय भगवति मेलौली सुनचाँदी

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिको रंजिता श्रेष्ठ पक्षका सांसद र एक स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीका नेता सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए।

सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेलगत्तै नागरिक उन्मुक्तिका रेशम चौधरी पक्षका पाँच सांसदले सोडारीलाई आफ्नो पार्टीको समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए। आफूले सरकार गठनलाई आवश्यक बहुमत सदस्यको दस्तखतसहित दाबी पेस गरे पनि प्रदेश प्रमुखले संवैधानिक कर्तव्यबाट च्युत भइ आफूलाई मुख्यमन्त्री बन्न बञ्चित गरेको निवेदक लक्ष्मणकिशोरको दाबी छ।

नागरिक उन्मुक्ति पार्टीका दुई जना माननीय प्रदेश सभा सदस्यबाट दाबी पेश हुन आएको सन्दर्भमा दुबै दाबीको आधारमा निष्कर्षमा पुग्न नसकिएको भनी गोलमटोल भाषामा तथ्यलाई तोडमोड गरी संवैधानिक कर्तव्यको अपालन र उल्लंघन गरी नयाँ गठबन्धनको लागि समय र स्थान उपलब्ध गराउने विपक्षीहरुको क्रियाकलाप बदनियतपूर्ण रहेबाट बदरयोग्य रहेको छ’ रिटमा उल्लेख छ। रिटमा सोडारीको मुख्यमन्त्री नियुक्तिका सबै प्रकृया रोकी आफूलाई मुख्यमन्त्री नियुक्त गर्न अन्तरिम आदेश माग गरेका छन्। निरन्तर सुनुवाइमा राख्न माग गरिएको उक्त रिटमा भोलि सोमबारको लागि पेशी तोकिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page