


धनगढी -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरण बनेपछि स्थिरतातिर सरकार अघि बढेको बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम आएका प्रधानमन्त्रीले आइतबार धनगढी विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएका हुन्।
‘समीकरण लामै जान्छ। प्रदेशमा सरकार बनाउन अब कोशीमा बाहेक अरूमा सकिएको छ। विस्तारै स्टेबल हुनतिर सरकार अघि बढेको छ। सरकारले गर्ने काम पनि तीव्र पार्ने कोशिस भएको छ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले तत्काल वामपन्थी एकताको सम्भावना नरहेको समेत बताए। उनले अहिले गैरवामपन्थीहरू सहितको समीकरण बनेको बताए। गैरवाम पनि संगै भएकाले यसलाई सत्ता समीकरणका रुपमा मात्रै लिएको उनको भनाइ थियो। उनले लगानी सम्मेलनको तयारी करिब पूरा भइसकेको जानकारी दिए।




