Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिम प्रदेशसभाको हिउदे अधिवेशन अन्त्य

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -कुनै विधेयक नै पारित नगरेर सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन अन्त्य गरिएको छ ।गत माघ ५ गते सुरु भएको हिउँदे अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चारवटा विधेयकमध्ये कुनै पनि विधेयक पारित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । यो अवधिमा सरकार गठन र विघटन लिनेबाहेक अन्य कुनै काम हुन नसकेको हो ।

जय भगवति मेलौली सुनचाँदी

गत फागुन १७ गते सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको थियो । त्यस्तै माघ २४ गते सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएकोमा प्रदेश सभामा सैद्धान्तिक छलफल समाप्त भएको थियो ।

माग १७ सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएकोमा दफावार छलफलको लागि सामाजिक विकास समितिमा पठाइएको थियो । माग २४ गते प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएकोमा दफावार छलफलको लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाउनेबाहेक कुनै काम भएको छैन् ।

 

यसैबिच प्रतिपक्षी दल नेपाली कांग्रेसले संवाद र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न चाहे पनि सरकारले अचानक चालु अधिवेशन अन्त्य गरेकाले यस कार्यले सार्वभौमसत्ता सम्पन्न संसद्को मर्यादा कुण्ठित भएको जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page