Vutlaxapu
Laxmibhuwan sun chadi

कैलालीमा हावाहुरीले १२ घरको छानामा क्षति, २० विद्युतका पोल ढले

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

२०८१ जेठ ६, बैतडी वुलेटिन संवाददाता धनगढीः कैलालीका विभिन्न स्थानमा हावाहुरीले एक विद्यालयको छानासहित १२ वटा घरका छाना उडाएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१५ कनरीका रामस्वरुप चौधरीको टीनले छाएको घरको  छाना उडाएको हो। घरको छाना उडाँदा अन्दाजी एक लाख ५० हजार बराबरको क्षति भएको छ ।

जय भगवति मेलौली सुनचाँदी

धनगढी उपमहानगरपालिका–१८ फुलवारीमा एउटा विद्यालयका छानासहित १० वटा घरका छाना उडाएको छ। धनगढी उपमहानगरपालिका–१८ का पदम लुहार, तुलाराम कोली, कन्सुराम थारु, मोतीराम चौधरी, जगतराम डगौँरा थारु, प्रमेश्वर डगौँरा थारु, तिलकसिँह धामीको घरको छाना आज विहान आएको हावाहुरीले उडाएको छ।

यस्तै धनगढी उपमहानगरपालिका–१८ फुलवारीकै सेते लुहार, जिरा सार्की, छविलाल चौधरी, रामप्रसाद चौधरी र इदनाथ भण्डारीको घरको छाना उडाएको छ। हावाहुरीबाट कसैको घरमा आशिंक क्षति भएको छ भने कसैको घरको छाना उडाएको छ। हावाहुरीबाट अन्नपात, पशुचौपायमा समेत क्षति पुगेको छ। साथै हावाहुरीले फुलवारीमै १८। २० वटा विद्युतका पोल समेत ढलेका छन्। घटनाको पुर्ण विवरण भने आएको छैन्।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस्तै भजनी नगरपालिकाका–७ चर्रा स्थित गणेशटोलका किसन पासिको टीनले छाएको घरको छाना उडाएको छ। घरको छाना उडाँदा अन्दाजी ३५ हजार बराबरको क्षति भएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page