Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा सबैभन्दा बढि बेरुजु डिलाशैनीमा र सबैभन्दा कम दोगडाकेदारमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीका १० वटा स्थानीय तह मध्ये दोगडाकेदार गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ ।

महाँलेखाको आ.व. २०७९/०८०को अन्तिम लेखा परिक्षणको प्रतिबेदन अनुसार बैतडीको दस वटा स्थानीय तहमध्ये दोगडाकेदार गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ। लेखा परिक्षणको प्रतिबेदन अनुसार दोगडाकेदार गाउँपालिकामा ४० लाख ९४ हजार अर्थात (शुन्य दशमलव ४२ प्रतिशत) बेरुजु देखिएको हो। यस्तै डिलाशैनी गाँउपालिका बेरुजु बढि आउने पालिका मध्ये एक नम्बरमा परेको छ।डिलाशैनी गाँउ पालिकामा ७ करोड ०८ लाख ४५ हजार अर्थात ७ दसमलव ६२ प्रतिशत बेरुजु देखिएको हो।

जय भगवति मेलौली सुनचाँदी

यस्तै सुर्नया गाउँपालिका बेरुजु बढि आउने पालिका मध्ये दोस्रो स्थानमा परेको छ।सुर्नया गाउँपालिकामा ४ करोड ५९ लाख ४५००० अर्थात (०५ दसमलव ०१ प्रतिशत) रकम बेरुजु देखिएको हो। यस्तै मेलौली नगरपालिका बेरुजु बढि आउने मध्ये तेस्रो नम्वरमा परेको छ। मेलौली नगरपालिकामा ५ करोड ११ लाख ५५ हजार अर्थात (०४ दसमलव १२ प्रतिशत) रकम बेरुजु देखिएको हो। यस्तै पुर्चौडी नगरपालिकामा ३ करोड ९० लाख २ हजार अर्थात(०२ दसमलव ९८) प्रतिशत रकम बेरुजु देखिएको हो।

यस्तै सिगाश गाउँ पालिकामा २ करोड १५ लाख २१००० अर्थात (०२ दसमलव ४४) प्रतिशत रकम बेरुजु देखिएको हो। यस्तै पञ्चेश्वर गाउँपालिकामा १ करोड ८९ लाख ९८ हजार अर्थात (०१ दसमलव ७८) प्रतिशत रकम बेरुजु देखिएको हो। यस्तै दसरथचन्द नगरपालिकामा १ करोड ५८ लाख ४३ हजार अर्थात (शुन्य दसमलव ९९) प्रतिशत रकम बेरुजु देखिएको हो। यस्तै पाटन नगरपालिकामा ५२ लाख ७९ हजार अर्थात (शुन्य दसमलव ३९ ) प्रतिशत रकम बेरुजु देखिएको हो यस्तै शिवनाथ गाउँ पालिकामा ४३ लाख २८ हजार अर्थात (शुन्य दसमलव ६२ प्रतिशत) रकम बेरुजु देखिएको हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानून बमोजिम रित नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोवार गरेको खण्डमा गरिएको कारोवारलाई महालेखाले बेरूजु देखाउने गरेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page